भोजपुरमा अरुण नदीमा दुई बालिका बेपत्ता

भोजपुरमा अरुण नदीमा दुई बालिका बेपत्ता


भोजपुर – हतुवागढी गाउँपालिका-९, मचुवाटारका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्।

बुधबार दिउँसो नुहाउन भनी अरुण नदी गएका उनीहरू नफर्किएको आफन्तले बताएका छन्। खुसी र कृषिका दुवैजना कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्।

उनीहरूको खोजीका लागि आफन्त, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै खोजतलास गरिरहेका छन्। हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।