शनिबार साँझदेखि भारी वर्षाको सम्भावना, पूर्वतयारी अपनाउन आग्रह

शनिबार साँझदेखि भारी वर्षाको सम्भावना, पूर्वतयारी अपनाउन आग्रह


Asphalt road.

काठमाडौँ । शनिबार (भोलि) साँझबाट भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सतर्क रहन आग्रह पनि गरेको छ। ‘१४ गते शनिबार साँझदेखि १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ, ’महाशाखाको बुलेटिनमा भनिएको छ।

वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ।