पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा उपस्थित

पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा उपस्थित


काठमाडौं– विद्युतीय कारोबारमा मुद्दा दायर भएका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।

हिल्टन होटलको विषयमा शेरबहादुर देउवा र आरजु राणाका छोरा जयबीरका विषयमा समाचार प्रशारण गरेका कारण लागेको विद्युतीय अपराधमा उनलाई साइबर ब्यूरोमा उजुरी परेको थियो।

पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको हो।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले बताए।