पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा

पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा


काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ ।पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको हो।

योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।

डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।