हिम्मत छ भने कुन कुन नेता लाई कति चन्दा दिनुभयो सार्वजनिक गर्नुस

हिम्मत छ भने कुन कुन नेता लाई कति चन्दा दिनुभयो सार्वजनिक गर्नुस


काठमाडौ – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उद्योगपति तथा सांसद बिनोद चौधरी र वरिष्ठ नेता डा। शेखर कोइरालाबीचको विवादले सामाजिक सञ्जाल र मिडियामा चर्चा पाएको छ। चौधरीले कोइरालामाथि गम्भीर आरोप लगाउँदै उनको नेतृत्व र लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको भूमिकामाथि प्रश्न उठाएका छन्। यही विवादले चौधरीको राजनीतिक इतिहास र उनको नेपाली कांग्रेसमा प्रवेशको वैधानिकतामाथि समेत प्रश्न उठेको छ।
चौधरीको नेपाली कांग्रेसमा प्रवेश र उनको केन्द्रीय सदस्य पदमाथि पनि प्रश्न उठेको छ। नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य बन्न कम्तीमा १० वर्ष सक्रिय सदस्य हुनुपर्छ। तर, चौधरीले २०७४ मा कांग्रेस प्रवेश गरेर छोटो समयमै १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचन जिते। यो कदमलाई विधानमाथिको चुनौती र समानुपातिक कोटाको दुरुपयोगको रूपमा हेरिएको छ। समानुपातिक कोटा विशेषगरी पछाडि परेका समुदाय (महिला, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक) का लागि सुनिश्चित गरिएको हो, तर चौधरीले यो कोटामा उम्मेदवारी दिएर जितेका थिए।
चौधरीले आफूमाथि लागेका आरोपको जवाफमा नेताहरूलाई चन्दा दिएर “किनेको” दाबी गरेका छन्। उनले भने, “चन्दा दिने मान्छे नेता हुन नपाउने ?” यो भनाइले नेपाली राजनीतिमा पैसाको प्रभाव र सिद्धान्तको खडेरीलाई उजागर गरेको छ। विश्लेषकहरू भन्छन्, चौधरीको यो भनाइले उनको अवसरवादी र सिद्धान्तविहीन राजनीतिक चरित्रलाई थप पुष्टि गर्छ।

सामाजिक सञ्जालमा काँग्रेसका नेता पोषण केसीले लेखेका छन्
यति बेला राजनैतिक बृत्तमा नेपाली कांग्रेसका नेता डा।शेखर कोईराला ले नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उठाएका नीतिगत र बैधानिक प्रश्न माथी ठाडो चुनौती दिदै उधोगपति बिनोद चौधरीले प्रतिवाद संगै प्रति प्रश्न गरेको बिषयले सामाजिक संजाल र केही मिडियामा स्थान पाएको देखिन्छ।
यसमा सबैभन्दा पहिले प्रतिवाद र प्रतिप्रश्न गर्ने उधोगपति चौधरीको राजैतिक ईतिहास जान्न जरूरी छ।हो उनि नेपालमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त सफल उधोगपति हुन तर नेपालको राजनीतिक सन्दर्भमा सिदान्तविहिन अस्थिर राजनैतिक चरित्र बनाएका ब्यक्ति हुन। जसले प्रत्येक आवधिक निर्वाचनमा दल परिवर्तन गर्दै आएका छन।
वि।सं। २०४६ को पहिलो जनआन्दोलनपछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवाद ९नेकपा–एमाले० को संगठित सदस्य भएर एमाले संग नजिक भएका बिनोद चौधरीलाई नेकपा एमाले ले २०६४ सालको पहिलो संबिधानसभामा सभासद बनाएको थियो। त्यतिवेला उनले नेकपा एमाले पार्टीको आर्थिक नीति निर्माण गर्ने तहमा जिम्मेवारी पाएका थिय। प्रतिनिधिसभाको निर्वाचन २०७४ अघि कांग्रेस प्रवेश गरेका चौधरीलाई नेपाली कांग्रेसले २०७४ मा समानुपातिक उम्मेदवार बनाएको थियो।संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि।सं। २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए।
यसरी हिजो ९२०६४(२०७४ मा माननीय सदस्यको लाभ सहित नेकपा एमाले० र आज ९२०७४(२०८४ केन्द्रीय सदस्य र माननीय सदस्यको लाभ सहित कांग्रेस० अव भन्नुस यिनले २०८४ को निर्वाचनमा के गर्लान रुरु सिधा जवाफ छ जुन पार्टीले कम पैसामा सांसद पद बिक्री गर्छ बिनोद चौधरी त्यही पार्टीको सांसद बन्ने छन।
यति मात्रै होईन सिमित केही नेताहरूको आशिर्वाद पाए पछि चौधरीले पार्टीको बिधान लाई समेत लत्याईदिदो रहेछन। नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचन लड्नका लागि कम्तिमा १० बर्ष कृयासिल सदस्य हुनुपर्ने बाध्यात्मक बैधानिक प्राबधानलाई ठाडो चुनौती दिदै नेपालको संबिधान र नेपाली कांग्रेसको बिधानमा ब्यवस्था भएको समाबेशी समानुपातिक प्रतिनिधित्वको प्राबधान लाई खिल्ली उडाउदै (खुल्ला निर्वाचन लड्न नसक्ने पछाडि पारीएका महिला,मधेसी,आदीवास जनजाती,थारू,मुस्लिम,अल्पसंख्यक समुदाय लगायत पिछडिएको क्षेत्र) का ब्यक्तिहरूको प्रतिनिधित्वको आरक्षणको सुनिश्चितता गरिएको कोटामा त्यो पनि पार्टीको बिधान भन्दा माथी भएर १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचन जितेका चौधरीले आदरणिय नेता डा।शेखर कोईराला लाई मात्रै होईन पार्टीका प्रत्येक नेता लाई यसरी नै औला ठडाएर प्रश्न गर्ने दुष्प्रयास गर्नेछन किनभने उनलाई पार्टीका केही सिमित शिर्ष नेताहरूको आशिर्वाद प्राप्त छ। उनि बिधान भन्दा माथी छन र उनकै भनाईमा “उनले नेताहरूलाई चन्दा दिएर नेताहरू किनेका छन” त्यसैले चन्दा दिने मान्छे नेता हुन नपाउने रुरु
बिनोद चौधरी जी रु तपाईको हिम्मत छ भने कुन कुन पार्टी लाई,पार्टीका कुन कुन नेता लाई कति चन्दा दिनुभयो सार्वजनिक गर्नुस अनि मात्र आरोप लगाउनुस ।बिनोद चौधरी ले भनेको कुरालाई आधार मान्ने हो भने मलाई लाग्छ अव प्रत्येक पार्टीमा यस्तै चन्दादाता र पैसावालहरू हाबीहुनेछन पार्टीको आदर्श र सिदान्त स्खलित हुदै जानेछ भने पार्टीको नीति र सिद्धान्तमा अडिग रहेर आदर्शको राजनीति गर्ने प्रत्येक निष्ठावान नेता तथा कार्यकर्ताहरू यस्ता अवसरवादीहरूको अगाडी की त नतमस्तक भई झुक्नुपर्नेछ नभए राजनितिबाट नै पलायन हुनुपर्ने अवश्था आउने छ।
जहां सम्म लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई शेखर कोईरालाले किन बोकेको भन्ने बिनोद चौधरी को प्रश्न छ रु मलाई लाग्छ बिनोद चौधरीले बिक्रम खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भुमिका र नेपाली कांग्रेसको संगठन निर्माणमा पुर्याएको योगदानका बारेमा अझै बुझ्न सकेका छैनन।सायद बुझेको भए उनले यी प्रश्नहरू गर्दैन थिय होला। मलाई लाग्छ नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा तपाई भन्दा बिक्रम खनाल जी को सयौं गुणा बढी योगदान छ।नेबिसंघ, तरूणदल हुदै खारिएर पार्टीको नेता भएर २०६४ को संबिधानसभा निर्वाचनमा निर्वाचित सभासदको हैसियतले संबिधानसभामा जादै गर्दा तपाई नेकपा एमालेबाट समानुपातिक सभासद हुनुहुन्थ्यो।
उहांलाई अर्थात बिक्रम खनाल जी लाई अन्तर्घातीको आरोप लगाएर पार्टीमा उजुरी दिनुभएको रहेछ रु म त्यसमा प्रवेश गर्न चाहान्न १ होला आधार प्रमाण भए पार्टीले छानविन गर्ला १ तर पार्टीका साथीहरू अहोरात्र खटेर संगठन निर्माण गरेको ठांउमा नेताको आशिर्वादले टिकट लिएर जानुभयो तैपनि साथीहरूले आ(आफ्ना ईच्छा चाहाना लाई थाती राखेर पार्टीको मुख हेरेर अहोरात्र लागेर तपाईलाई निर्वाचन जिताउनु भयो तर तपाई ले बिक्रम जी लाई अन्तर्घात गर्नुभयो भनेर आरोप लगाउन लाज मान्नुपर्ने हो । तपाई संग मेरो एउटा मात्रै प्रश्न छ बिक्रम खनाल जी जत्तीको नेताले अन्तर्घात गरेको भए तपाईले कसरी निर्वाचन जित्नु भयो त रुरुत्यसैले कसैलाई अनावस्यक झुठा आरोप लगाउनु भन्दा पहिले बिनोद चौधरी जी ले पार्टीको ईतिहास पढ्न र बुझ्न जरूरी छ। निराधार रूपमा कसैको राजनैतिक चरित्र हत्या गर्ने कसैलाई तेजोवद गर्ने उद्धेश्यले लगाईएको आरोप हो भने त्यो कदापि राम्रो होईन । त्यो सह्यय हुनेछैन । जय नेपाल

 

https://www.facebook.com/poshan.kc.14