केपी ओली नेतृत्वको गठबन्धन सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी

केपी ओली नेतृत्वको गठबन्धन सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको आज बसेको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिइन् ।