राष्ट्रपतिद्वारा क्रिकेट खेलाडीलाई बधाई ज्ञापन

राष्ट्रपतिद्वारा क्रिकेट खेलाडीलाई बधाई ज्ञापन


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू-१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिएका हुन् ।

मलेसियामा आज भएको फाइनल खेलमा नेपाली टोलीले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।