पर्यटन राज्‍यमन्त्री चौधरीले राजीनामा बुझाउँदै

पर्यटन राज्‍यमन्त्री चौधरीले राजीनामा बुझाउँदै


काठमाडौँ, १६ पुसः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी मङ्गलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सब समारोहमा मन्तव्य राख्र्दै। । तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले सुनाइन्, ‘त्यसकारण आज पर्यटन राज्‍यमन्त्री ज्‍यूले ५ बजे प्रधानमन्त्री ज्‍यूलाई भेटेर राजनीनामा बुझाउनु हुन्छ ।’ शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।