रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे


काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो ।

ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।