धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला


काठमाडौँ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ ।

मंगलबार बिहान त्रिशूली नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो।

मृतकको पहिचान भने हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।