१ करोड ४४ लाख रकमसहित वाङ जियन काठमाडौंमा पक्राउ

१ करोड ४४ लाख रकमसहित वाङ जियन काठमाडौंमा पक्राउ


काठमाडौं– काठमाडौंको बौद्ध क्षेत्रबाट चिनियाँ नागरिक वाङ जियन स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित पक्राउ गरिएको छ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ गरएका नागरिक र जफत गरिएको रकमको स्रोतको खोजीनीति जारी राखिएको प्रहरीले जनाएको छ।