काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका तीन जना अदालतमा उपस्थित भएका छन्।बुधबार काठमाडौँ जिल्ला अदालतमा तीन जना प्रतिवादी हाजिर भएका थिए ।
न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले एक जनालाई पुर्पक्षको लागि थुनामा र दुई जनासँग १५र१५ हजार रुपैयाँ धरौटी माग गरेको अदालतले जनाएको छ ।
सतीश न्यौपानेलाई इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको छ। विनञ्जय थापा र राजेन्द्र जिसीसँग भने १५/१५ हजार रुपैयाँ धरौटी माग भएको हो।उनीहरूविरूद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।
चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग गरी नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका कमाण्डर दुर्गा प्रसाईँले आन्दोलन गरेका थिए।

प्रतिक्रिया