मनीषा कोइरालाले गरिन् रविको पक्षमा हस्ताक्षर, राज्यबाट अन्याय र दुर्व्यवहार भएको दाबी

मनीषा कोइरालाले गरिन् रविको पक्षमा हस्ताक्षर, राज्यबाट अन्याय र दुर्व्यवहार भएको दाबी


काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् ।

मनीषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मनीषाले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।

उनले भनिन्, ‘म कुनै पार्टीमा आबद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’ रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’