केरुङमा अलपत्र नेपालीहरूको उद्धार गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

केरुङमा अलपत्र नेपालीहरूको उद्धार गर्न सरकारलाई शेखर कोइरालाको आग्रह


काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।

रसुवागढीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरू अलपत्र परेकाले उनीहरूको उद्धार गर्न आग्रह गरेका हुन् ।

कोइरालाले शुक्रबार आफ्नो ट्विटरमा लेखेका छन्, ‘रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरू त्यहीँ अलपत्र परेका छन्, ती नेपालीहरूलाई तुरुन्त वैकल्पिक मार्गबाट नेपाल ल्याउन म सरकारसँग आग्रह गर्दछु ।’

साथै उनीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको भन्दै चीन सरकारसँग समन्वय गरेर अलपत्र नेपालीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् ।