गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम

गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम


काठमाडौ – नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएको छ।

हाल कायम रहेको ५.० प्रतिशतलाई घटाएर ४.५ प्रतिशतमा कायम गरेको हो।

गभर्नर विश्वनाथ पौडेलले पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगतदर घटाएको जनाएका हुन् ।