घर कर्जाको सीमा एक करोड वृद्धि

घर कर्जाको सीमा एक करोड वृद्धि


काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्‍याइएको हो।

नयाँ घर बनाउँदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

नयाँ घर बनाउँदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।