काठमाडौँ । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।

प्रतिक्रिया