डा. शेखरसँगको भेटमा विद्या भण्डारीले राखिन् सहयोगको अपेक्षा

डा. शेखरसँगको भेटमा विद्या भण्डारीले राखिन् सहयोगको अपेक्षा


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो ।

नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरू निकट स्रोतले बताएको छ ।

एक नेताले भने, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’

कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।

बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए ।