‘सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपास क्षेत्रमा सतर्कता अपनाउनुहोला’-मौसम विभाग

‘सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपास क्षेत्रमा सतर्कता अपनाउनुहोला’-मौसम विभाग


सुनसरी । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज बिहान सूचना जारी गर्दै विभागले वर्षा मापन केन्द्रहरूबाट प्राप्त तथ्यांकमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष गरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ ।

यसैबीच, इटहरी उपमहानगरपालिका-३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ । स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।