८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।