पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध


काठमाडौँ । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा अरनिको राजमार्ग जुरे खण्ड शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् ।