काठमाडौं ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेमा सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पार्दै अब पछि नहट्ने घोषणा गरेकी छन्। उनले पार्टीभित्रको वर्तमान नेतृत्वको विवादमा हस्तक्षेप गर्ने कुरा गरेकी छिन् र कार्यकर्तालाई विभाजित गर्ने प्रयासको आलोचना गरिन्। भंगालस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भनिन्,-महाधिवेशन नआई, नेतृत्वको बहस गराएर कार्यकर्तालाई विभाजित गर्ने प्रयास भइरहेको छ। यो ठिक छैन। मैले पार्टीको नेतृत्वसम्बन्धी कुनै विवादलाई स्वीकार्ने छैन, म पछि हट्ने छैन।
पूर्वराष्ट्रपतिले अझ थप भनिन्,-यो राजनीति होइन, यो कार्यकर्ता आतंकित पार्ने काम हो। जिल्लादेखि प्रदेशसम्म ग्रुपिजम र डर देखाएर बोल्न नदिने प्रयास भइरहेको छ। यसलाई रोक्नुपर्ने छ।
भण्डारीले भनिन् कि आफ्नो सदस्यता नवीकरण भइसकेको छ र अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा छलफल गरिएको छ। उनले केपी ओलीसँगको भेटका बारेमा भने,-नयाँ वर्षको वक्तव्यपछि ओली चिढिएका थिए, तर मैले त्यसबारे स्पष्टता दिएको छु।
पूर्वराष्ट्रपतिले पार्टीको सदस्यको रुपमा आफूले महिला आन्दोलन र देशको नेतृत्वसम्बन्धी आफ्नो कर्तव्य पूरा गरेको र अबको कदम मात्र दलको भविष्य सुनिश्चित गर्ने कुरा भएको पनि प्रष्ट पारेकी छन्।
सामाजिक न्याय र राजनीतिक परिपक्वताको पक्षमा भण्डारीले भने,-bvदललाई नैतिकता र उच्च मूल्य मान्यतासँग चलाउन सकिन्छ। यदि पार्टीका सदस्यहरू नैतिक र जिम्मेवार हुन भने दल पनि सशक्त र सुदृढ हुनेछ। अहिले कार्यकर्तालाई डर देखाएर, बोल्न नदिएर र कारवाही गर्ने कार्य गलत हो।

प्रतिक्रिया