प्रदर्शन मिति एक हप्ता अघि सार्दै गरियो “रिमै”को टिजर सार्वजनिक (भिडियो )

प्रदर्शन मिति एक हप्ता अघि सार्दै गरियो “रिमै”को टिजर सार्वजनिक (भिडियो )


काठमाडौं । नेपाली चलचित्र ‘रिमै’ को टिजर मंगलबार सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदलाको कथा झल्काइएको छ।
टिजर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि परिवर्तन भएको जनाएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा आउने भनिएको ‘रिमै’ अब एक हप्ता अघि, भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। उपेन्द्र सुब्बाले कथा लेखेका छन् भने शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन्।चलचित्रमा वीरवल घले कार्यकारी निर्माता छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता हुन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन्।