काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने विषयमा आजै निर्णय गर्ने भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटी बैठकमा यसबारे टुंगो लगाइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार अहिलेसम्म ५८ जनाले धारणा राखिसकेका छन् भने थप ७७ जना बोल्न नाम टिपिएका छन्। उनले भने, “प्रस्तावित विधानमा सङ्गठित सदस्य र पार्टी सदस्यता सम्बन्धी विषय उठेको छ र यसमा निकै गम्भीर बहस भइरहेको छ।”
बैठकमा मुख्यत: पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने कि नफर्किने, पार्टी सदस्यता र सङ्गठित सदस्यताको प्रावधानबारे छलफल भइरहेको गौतमले बताए।
बैठकले यी विषयमा निर्णय गरेर विधान संशोधनको मस्यौदा तयार पार्ने र त्यसलाई मातहतका कमिटीमा पठाउने तयारी गरेको छ।

प्रतिक्रिया