पूर्वराष्ट्रपति भण्डारीले भनिन्-‘समृद्धि मुठ्ठीभर मानिसहरूका लागि मात्रै होइन, जनताको लागि हुनुपर्छ’

पूर्वराष्ट्रपति भण्डारीले भनिन्-‘समृद्धि मुठ्ठीभर मानिसहरूका लागि मात्रै होइन, जनताको लागि हुनुपर्छ’


काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसका लागि नभइ आम जनताका लागि हुनुपर्ने बताएकी छिन्।

नेपालखबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौँमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताइन्। नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दीगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताइन्।

समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्ने उनले बताइन्।

देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण  भएको पनि बताइन्। लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्ने बताइन्।