देउवा निवासमा मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक बस्दै


नेका संसदीय दलको बैठक काठमाडौँ, २० वैशाखः सङ्घीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागीहरु । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक आज (शुक्रबार) बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी हुनेछन् । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

सरकारले अघि बढाएको विभिन्न विधेयक र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष बिच्किएको छ । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक बोलाएका हुन् । अन्य नेताहरू सरकारप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम नै छन् ।