काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ सालको दशैंतिर हुने बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले क्रियाशील सदस्यताको समय कायम रहेकाले दशैंअघि महाधिवेशन नहुने स्पष्ट पारे। उनले भने, “महाधिवेशन २०८३ मंसिरभन्दा उता जान्छ भन्ने अवस्था छैन, तर कांग्रेसको महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा भएको छैन।”
सिटौलाले सरकारको काम सन्तोषजनक नभए पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे। त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको जानकारी दिए।

प्रतिक्रिया