मन्त्रिपरिषद्‌ हेरफेर गर्न बालुवाटारमा सुरु भो ओली र देउवाबिच छलफल

मन्त्रिपरिषद्‌ हेरफेर गर्न बालुवाटारमा सुरु भो ओली र देउवाबिच छलफल


काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न आज बिहीबार बालुवाटार पुगेका छन्। सत्तारूढ गठबन्धनका प्रमुख दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा निर्णायक छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएसँगै मन्त्रिपरिषद्को कार्यसम्पादनको समीक्षा र हेरफेरको तयारी भइरहेको छ। यसका लागि ओलीले प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफललाई तीव्रता दिएका हुन्।

छलफलमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का तर्फबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र रमेश बडाल सहभागी छन्। यस्तै, नेपाली कांग्रेसका तर्फबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी रहेका छन्।

स्रोतका अनुसार, मन्त्रिपरिषद् हेरफेरमा दुवै दलका नेताहरूबीच मन्त्रालयको बाँडफाँट, मन्त्रीहरूको कार्यसम्पादन र नयाँ नियुक्तिका विषयमा छलफल हुने बताइको छ ।

यसअघि पनि गठबन्धन सरकारमा मन्त्रिपरिषद् हेरफेरका लागि समय(समयमा छलफल हुँदै आएको भए पनि ठोस सहमति बन्न सकेको थिएन। आजको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको खाका तय गर्न सक्ने अनुमान गरिएको छ।