डा. शेखर कोइरालाको सभापति देउवालाई सबै दलसँग संवाद गर्न सुझाव

डा. शेखर कोइरालाको सभापति देउवालाई सबै दलसँग संवाद गर्न सुझाव


विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै राजनीतिक दलका नेताहरूसँग संवाद र समन्वय गरी देशको समस्याको समाधानमा अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। विराटनगर(४ वडा समितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देउवाको अनुभव र वरिष्ठताको कदर गर्दै उनले सबै नेतासँग मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने बताए।

ूदेउवाजस्तो अनुभवी र वरिष्ठ नेता नेपाली राजनीतिमा अहिले कोही छैन,ू कोइरालाले भने, ूउहाँले सबैसँग संवाद गरेर देशको समस्याको समाधानतर्फ मार्गप्रशस्त गर्नुपर्छ।ू उनले देउवालाई सत्ता गठबन्धनबाहेकका दलहरूसँग पनि छलफल गर्न र घरमै नेताहरूलाई चिया खुवाएर विकासका एजेन्डामा संवाद गर्न आग्रह गरे।

कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए। ूलोकतन्त्रको पर्याय कांग्रेस हो। कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुन्छ,ू उनले भने। उनले युवाहरूलाई पार्टीप्रति आकर्षित गर्न र संगठनलाई जीवन्त बनाउन आवश्यक रहेको बताए।

पछिल्ला चुनावहरूमा पार्टीभित्रको गुटबन्दी, असहयोग र अहम्का कारण कांग्रेसले हार बेहोरेको उनको विश्लेषण थियो। ूजीवन्त र लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा स्वाभाविक हो, तर यो प्रतिस्पर्धा अरू पार्टीसँग हुनुपर्छ, आफ्नै पार्टीभित्रको इगोले हराउने प्रवृत्तिले कांग्रेसलाई घाटा भएको छ,ू कोइरालाले भने।

उनले संगठन बलियो देखिए पनि मत नआउने समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताए। ूजिल्ला जाँदा कांग्रेसकै भिड देखिन्छ, तर चुनावमा हारिन्छ। यसको मुख्य कारण कांग्रेसले कांग्रेसलाई नै भोट नहाल्नु हो,ू उनले थपे।

कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझी, सहमहामन्त्री डा। प्रमिला गच्छदार, पूर्वमुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सहसचिव सञ्जय मण्डल र महिला संघकी केन्द्रीय सदस्य डा। सीता घिमिरेलगायतले सम्बोधन गरेका थिए। उनीहरूले कांग्रेसले अब आर्थिक रूपान्तरणको नेतृत्व लिनुपर्नेमा जोड दिए।

सो अवसरमा ७२ वर्ष उमेर नाघेका दस जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो।