लोकतन्त्र नै खतरामा परेको डा शेखर कोइरालाको जिकिर

लोकतन्त्र नै खतरामा परेको डा शेखर कोइरालाको जिकिर


काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरेका छ्न् ।आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताए ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको उनको जिकिर छ ।

उनले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने कोइरालाले जोड दिए । कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मान गरियो । यसैगरी प्रतिभा तर्फ डा प्रमिला गच्छेदारलाई नेता डा कोइरालाले सम्मान पत्र प्रदान गरे ।