कक्षा १२ को रिजल्ट निकाल्न बोर्ड बैठक जारी

कक्षा १२ को रिजल्ट निकाल्न बोर्ड बैठक जारी


काठमाडौँ- कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागिएको छ । रिजल्ट प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सानोठिमीमा सुरु भएको छ ।

बैठक सकिए लगत्तै रिजल्ट आउट गर्ने बोर्डका अध्यक्ष माहाश्रम शर्माले जानकारी दिए ।

गत वैशाखमा सञ्चालित १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।

शिक्षकहरूको आन्दोलनका कारण वैशाख ११ को पूर्वनिर्धारित परीक्षा १० दिन धकेलिएको थियो ।