संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न सिटौलालाई संयोजक बनाउँदै काँग्रेस

संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न सिटौलालाई संयोजक बनाउँदै काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ ।

काँग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको हो । काँग्रेस एक शीर्ष तहका नेताका अनुसार संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको छ ।

कार्यदलमा २/३ दिनमा घोषणा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय पार्टीले गरेको थियो । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ । साथै, कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा समेत छलफल चलाउने जिम्मेवारी प्राप्त गर्नेछ ।

काँग्रेस-एमाले वीचमा सरकार बनाउने सहमति हुँदा संविधान संशोधनको एजेण्डा राखिएको थियो ।