साउदी अरेबियामाथि नेपालको जित

साउदी अरेबियामाथि नेपालको जित


काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।

भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औँ मिनेटमा गोल गरेकी हुन् ।

यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।