बागमती प्रदेशका मूख्यमन्त्री बाँनियालाई लामा समूहले विश्वासको मत नदिने चेतावनी

बागमती प्रदेशका मूख्यमन्त्री बाँनियालाई लामा समूहले विश्वासको मत नदिने चेतावनी


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। साउन २० मा नेपाली कांग्रेस र नेकपा ९एमाले० को गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँलाई आफ्नै पार्टीभित्रको आन्तरिक विवादका कारण विश्वासको मत प्राप्त गर्न कठिनाइ देखिएको छ।

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बानियाँले पूर्वमुख्यमन्त्री बहादुरसिंह लामालाई विस्थापित गरेर मुख्यमन्त्री बनेका थिए। तर, लामा समूहले आफूले सिफारिस गरेका तीन मन्त्री—गोविन्द लम्साल, माया श्रेष्ठ, र गीता गुरुङलाई नयाँ मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने माग राख्दै विश्वासको मत नदिने चेतावनी दिएका छन्। लामा समूहका १४ सांसदले काठमाडौँमा बसेर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। उनीहरूले देउवाले मन्त्री नियुक्तिको सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँलाई निर्देशन दिएको दाबी गरेका छन्। लामा पक्षका सांसद गोविन्द लम्सालले भने,   “सहमति कार्यान्वयन भएमा हामी हेटौँडा गएर विश्वासको मत दिन्छौँ, नभए हाम्रो समूह बैठकमा उपस्थित हुँदैन।”

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक छ। कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा बानियाँसँग सैद्धान्तिक रूपमा ६४ मत छ। तर, लामा समूहका १४ सांसदले विश्वासको मत नदिएमा बानियाँको पक्षमा ५० मत मात्र रहनेछ, जुन बहुमतका लागि अपर्याप्त हुन्छ। बागमती प्रदेशमा १४ मन्त्रालय छन्, जसमध्ये कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ र एमालेको भागमा ६ मन्त्रालय परेका छन्। एमालेले आफ्ना सबै ६ मन्त्री नियुक्त गरिसकेको छ, तर कांग्रेसले हालसम्म मुख्यमन्त्रीसहित २ मन्त्री मात्र नियुक्त गरेको छ। शिवराज अधिकारी बिनाविभागीय मन्त्री र कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री छन्। लामा समूहले विश्वासको मत रोक्न सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ। यता, कांग्रेस र एमालेले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्।

पार्टी सभापति देउवाले लामा समूहलाई विश्वासको मत दिन र मन्त्री नियुक्तिको विषयमा पछि छलफल गर्ने आश्वासन दिएको लम्सालले बताए। तर, सहमति कार्यान्वयन नभए लामा समूहले काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो अडान सार्वजनिक गर्ने तयारी गरेको छ। यो विवादले बानियाँको मुहेटौँडा, साउन २७, २०८२ ( बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। साउन २० मा नेपाली कांग्रेस र नेकपा ९एमाले० को गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँलाई आफ्नै पार्टीभित्रको आन्तरिक विवादका कारण विश्वासको मत प्राप्त गर्न कठिनाइ देखिएको छ।

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बानियाँले पूर्वमुख्यमन्त्री बहादुरसिंह लामालाई विस्थापित गरेर मुख्यमन्त्री बनेका थिए। तर, लामा समूहले आफूले सिफारिस गरेका तीन मन्त्री—गोविन्द लम्साल, माया श्रेष्ठ, र गीता गुरुङलाई नयाँ मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने माग राख्दै विश्वासको मत नदिने चेतावनी दिएका छन्।