बागमती प्रदेश कांग्रेससंसदीय दलमा लामा र बाँनिया निर्णायक र्वातामा

बागमती प्रदेश कांग्रेससंसदीय दलमा लामा र बाँनिया निर्णायक र्वातामा


हेटौडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक जारी छ। संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। त्यसअघि दलभित्रको विवाद समाधानका लागि दलको बैठक राखिएको हो। बागमतीमा यसअघि पनि कांग्रेसकै बहादुरसिंह लामा नेतृत्वको सरकार थियो। उनविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव लगेर हटाएर सरकारबाट पनि बानियाँकै नेतृत्वमा हटाइएको हो। लामाले आफ्ना समूहका केही प्रदेशसभालाई मन्त्री बनाउनुपर्ने शर्त राखेका छन्। सोही शर्तअनुसार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। लामा समूहमा १४ जना प्रदेशसभा सदस्य छन्। आज विश्वासको मत नदिने रणनीतिमा रहेको लामा समूह बानियाँसँग निर्णायक छलफलका लागि पुगेको हो।