बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकमा यसबारे सहमति जुटेको हो। लामाले आफ्ना समूहका २ सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए। विश्वासको मत लिइसकेपछि उक्त शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता बानियाँले गरेपछि लामा समूह विश्वासको मत दिन तयार भएको हो। बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन्। त्यस्तै एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एकीकृत समाजावादी ७, नेपालमजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेशसभा सदस्य छन्। विश्वासको मत लिन ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ

प्रतिक्रिया