‘नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने’ : प्रधानमन्त्री ओली

‘नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने’ : प्रधानमन्त्री ओली


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका छन् ।

“हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरे ।