विराज र समीरको दशैं धमाका: ‘१२ गाउँ २’ र ‘राम नाम सत्य’ को उत्साह

विराज र समीरको दशैं धमाका: ‘१२ गाउँ २’ र ‘राम नाम सत्य’ को उत्साह


काठमाडौ । माइकल चन्दले निर्देशन गर्ने चलचित्र ‘राम नाम सत्य’को शुभसाइत कार्यक्रममा नायक विराज भट्टले अर्को वर्षको दशैंमा आफ्नो निर्देशन तथा अभिनय रहने चलचित्र ‘१२ गाउँ २’ रिलिज हुने घोषणा गरे । कार्यक्रममा एक पत्रकारले बाबु छोरा फेरि पर्दामा कहिले देखिनुहुन्छा भन्ने प्रश्नमा विराजले भने, ‘अहिले ‘१२ गाउँ २ को स्क्रिप्ट लेखनको काम भइरहेको छ । वि।सं २०८३ को दशैंमा समीर र म एकसाथ पर्दामा देखिनेछौं ।’ उनले भने।

बक्स अफिसमा २० करोड हारहारीको व्यापार गरेको ‘१२ गाउँ २’ गतबर्षको दशैंमा प्रदर्शन भएको थियो। यहि चलचित्रबाट विराज र समीरको चर्चा निकै चुलिएको थियो। जुन, चर्चा अझै पनि कायम छ। बर्ष २०८१ सालदेखि सुरु भएको अभिनेता समीर भट्ट र अभिनेता विराज भट्टको दशैंमा चलचित्र प्रदर्शन गर्ने शैली, यस वर्ष पनि कायम छ । यो वर्ष छोरा समीर अभिनित चलचित्र ‘बलिदान’ प्रदर्शनमा आउँदैछ ।

त्यस्तै, नयाँ वर्षमा समीर भट्टको बुवा विराज अभिनित चलचित्र ‘राम नाम सत्य’ पनि रिलिजमा आउँदैछ । विराज अभिनित फिल्म यो चलचित्रले नयाँ वर्षको छेको पारेर चैत्र २७ लाई प्रदर्शन मिति घोषणा गरिसकेको छ। जसलेगर्दा, आगामी दशैं र नयाँ वर्ष विराज र समीरको आसपासमा घुम्ने देखिएको हो। अहिले दर्शकले फरक फरक जनराका चलचित्रहरु रुचाइरहेको भएपनि विराज र समीरको एक्सनमा दर्शकको रुची झनै बढी देखिन्छ ।

‘१२ गाउँ’बाट एक्कासि चुलिएको समीर र विराजको हाइपलाई ‘बलिदान, राम नाम सत्य र १२ गाउँ २’ले कायम गर्न सक्छ या सक्दैन त्यो भने आगामी दिनहरुले नै बताउछ।