बाग्मतीमा आज पाँच नयाँ मन्त्री, सबै बानियाँका निकटका

बाग्मतीमा आज पाँच नयाँ मन्त्री, सबै बानियाँका निकटका


हेटौडा । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसको भागमा परेका पाँच मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।   मुख्यमन्त्री बानियाँले काभ्रेका सांसद कञ्चनचन्द्र बादे, रसुवाकासांसद प्रभात तामाङ, भक्तपुरकासांसद सुरेश श्रेष्ठ, ललितपुरका उर्मिला नेपाल र चितवका बिनु रायमाझीलाई मन्त्री बनाउने निर्णय गरेका छन्। यी पाँचै जना बानियाँका नजिकका सांसद मानिन्छन्।

यसअघि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका तीन सांसदलाई समेत मन्त्री बनाउने सहमति भएको चर्चा भए पनि अन्तिममा उनीहरू सूचिमा परेका छैनन्। हाल यी मन्त्रीहरूलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने टुंगो लागेको छैन। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय भएको स्रोतले जनाएको छ।