रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो

रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार लगिएको छ। रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो।

लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।

भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए।

तल्लो बाटोबाट निकालेपछि अहिले लामिछानेका समर्थकलाई नख्खु कारागारतिर सोझिएका छन्। त्यहाँ पनि बाल्लो भिड जम्मा भइसकेको छ।