काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव मिश्री आइतबार अपरान्ह काठमाडौँ आउने कार्यक्रम तय भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।
भारतीय पक्षले प्रधानमन्त्री ओलीलाई भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्न प्रस्ताव गरेको छ। यद्यपि भ्रमणको औपचारिक मिति भने अझै टुंगो लागेको छैन। मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्र मन्त्री र परराष्ट्र सचिवसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विविध पक्ष, कनेक्टिभिटी, विकास सहयोग, र पारस्परिक हितका विषयमा केन्द्रित भएर छलफल हुनेछ।

प्रतिक्रिया