काठमाडौं – गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।
पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ ।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, पछि उनले टिकट पाएनन् ।
२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको थियो । उक्त हत्यामा अहिले पक्राउ परेका गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेका थिए । यो प्रकरणमा गोर्खाली १० वर्ष कैद भुक्तान समेत गरेका थिए ।
उनै गोर्खाली कारागारबाट छुटे पनि पटक पटक पक्राउ पर्दै आएका छन् । कहिले हातहतियारको कसुरमा र केहिले लेदनेन र गुन्डागर्दीको कसुरमा उनी पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया