काठमाडौं – विद्युतीय चुरोट भेपको राजस्व छली गरेको आरोपमा शिल्क गु्रप प्रालिका अध्यक्ष रमेश शेर्पा सहित १२ जना विरुद्ध मुद्दा दायर भएको छ । तातोपानी नाका हुँदै अवैध रुपमा नेपाल भित्र्याइएको भेपको अबौं राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।
विभागले शिल्क गु्रपविरुद्ध एक अर्ब ७४ करोड ६२ लाख ४७ हजार विगो र कैद सजायको मागसहित मुद्दा दायर गरेको हो । शिल्क ग्रुपले तातोपानी नाकामा आयात निर्यातमा एक छत्र प्रभाव जमाउँदै आएको छ । भन्सार छलेर ल्याएको अवस्थामा २०८१ पुस २२ गते ललितपुरको
महालक्ष्मीबाट ८६ हजार ४ सय थान भेप विभागले बरामद गरेको थियो ।
अनुसन्धानको क्रममा राजश्व समेत अवैध कारोबार गर्दे आएको तथ्य र प्रमाण भेटिएपछि अदालतमा मुद्दा दायर गरिएको विभागमा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
भेप बरामदपछि विभागले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र नक्सालमा रहेको कर्पोरेट कार्यालयमा छापा मारेको थियो । करिब छ महिनाको अनुसन्धानपछि विभागले शिल्क ग्रुपले भेप मात्र नभई करोडौंको अन्य सामाग्रीमा पनि राजस्व छलेको प्रमाण फेला पारेको थियो ।
अध्यक्ष रमेश शेर्पा र उनका भिनाजु विजय शेर्पाको चोरी पैठारीमा मुख्य भूमिका देखिएको विभागले जनाएको छ । शिल्क ग्रुप र सो अन्तर्गतका ७ वटा कम्पनीमार्फत शेर्पाले कारोबार गर्दै आएका थिए । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६, गाती मान्द्राका रमेश शेर्पाले लकडाउनको समयमा स्थानीय प्रशासनलाई प्रभावमा पारेर चीनबाट दैनिक जसो सुन भित्र्याउने गरेको स्थानीय व्यवसायीहरु बताउछन् ।
चिनियाँ र भारतीय व्यापारीहरुसँग निकट सम्पर्क राख्ने शेर्पा काठमाडौं बसेर प्रमुख दलका नेतादेखि कर्मचारी र प्रहरी प्रशासन मिलाउने गर्दथे भने उनका भिनाजु विजय शेर्पा तातोपानी नाकामा बसेर सेटिङ गर्ने गर्थे ।
रमेशको सम्बन्ध सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेत, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालसँग रहेको छ । चीनबाट रासायनिक मल ढुवानीको ठेक्का समेत उनैले पाउँदै आएका छन् र

प्रतिक्रिया