विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै गुट चलाउन नआउने बताएकी छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले कुनै गुट नचलाएको र सधैं नेकपा (एमाले) को हितमा काम गर्ने स्पष्ट पारिन्।
पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा भण्डारीले भनिन्, “म एमाले हो, एमालेको हितमा लाग्छु।” उनले आफू एमालेबाटै राष्ट्रपति भएको र पदबाट फर्किएपछि पनि एमालेमै रहेको दाबी गरिन्।
“राष्ट्रपतिबाट फर्किएपछि मैले एमालेको सङ्गठित सदस्यको नवीकरण गरेको छु,” उनले थपिन्। भण्डारीले आफूलाई एमालेको कार्यकर्ताकै रूपमा प्रस्तुत गर्दै सदस्यताको विषयमा धेरै छलफल गर्न आवश्यक नभएको बताएकी छन्।

प्रतिक्रिया