अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ। खार्किभका मेयर इहोर तेरेखोभले एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। बीबीसीका अनुसार उनले भनेका छन्, ‘भवनको एक भाग भत्किएको छ र धेरै मानिस भग्नावशेषमा फसेको आशंका छ।’
उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बमले लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। रुसले रातभर युक्रेनमा चारवटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ। वायुसेनाले रुसले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।रुस-युक्रेन सम्झौताका विषयमा गत शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरेका ट्रम्पले आज (सोमबार)वासिङ्टनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्दै छन्

प्रतिक्रिया