काठमाडौ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि जेल परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पहिलो पटक पत्रकारमाझ सार्वजनिक भएका छन्। साउन १९ गते डिल्ली बजार कारागारबाट रिहा भएपछि मौन रहेका प्रसाईंले सोमबार भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरी अन्य राजावादी दल र समूहप्रति आक्रोश व्यक्त गरे।
पत्रकार सम्मेलनमा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि चैत १५ को तीनकुने आन्दोलनमा धोका दिएको गम्भीर आरोप लगाए। उनले अन्य राजावादी समूहहरूलाई पनि सकेसम्म गाली गरेको पत्रकारहरूले बताए। गत चैत १५ मा भएको उक्त प्रदर्शनमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो।
सोही घटनापछि चैत २६ गते पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतको आदेशमा जेठ ३० गते डिल्ली बजार कारागार चलान गरिएको थियो।

प्रतिक्रिया