रवि लामिछानेको नख्खु कारागार बसाई छोटो हुन्छ : ज्योतिषी सुरेशचन्द्र रिजाल

रवि लामिछानेको नख्खु कारागार बसाई छोटो हुन्छ : ज्योतिषी सुरेशचन्द्र रिजाल


काठमाडौ ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाईसात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरिसकेका प्रख्यात ज्योतिषी सुरेशचन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे रोचक ज्योतिषीय विश्लेषण गरेका छन्।

रिजालका अनुसार लामिछानेको हालैको नख्खु कारागार स्थानान्तरण कुनै साधारण घटना नभएर दुर्लभ ‘विपरीत पाश’ (कारावास) योगको संकेत हो। ज्योतिषी रिजालका अनुसार, यस्तो पाश योग प्रायः विरलै देखिन्छ र यसले दीर्घकालीन रूपमा व्यक्तिको शक्ति र प्रभाव बढाउने संकेत दिन्छ।

“नख्खु कारागारमा स्थानान्तरण हुनु दुर्लभ ‘विपरीत पाश’ योग परेको संकेत हो,” रिजालले लेखेका छन्, “उक्त योगकै कारण रवि लामिछाने अझ शक्तिशाली बन्ने ग्रहयोग छ।” उनले लामिछानेको कारागार बसाइँ छोटो हुने पनि दाबी गरेका छन्। साथै, रास्वपाको नाम परिवर्तन हुने सम्भावनाको संकेत ज्योतिषीय गणनामा देखिएको उनले उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्

नख्खु कारागारमा स्थानान्तरण गरिएको याेग नै दुर्लभ विपरीत”पाश”(कारावास) योग परेकाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने झनै शक्तिशाली हुने ग्रहयाेग परेकाे छ ।”पाश” योग नै कारावास याेग भएकाले नख्खु कारागारमा लामिछाने बसाइँ निकै छाेटाे हुने र पाटिकाे नाम समेत परिवर्तहुने संकेत देखिएकाे छ ।