काठमाडौ । चन्द्र पन्तले निर्देशन गर्ने चलचित्र ‘आ बाट आमा’मा कलाकारहरुको बलियो लाइनअपको क्रम अझै सकिएको छैन्। यसैवीच यो चलचित्रमा ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेल जोडिएका छन् । निर्माणपक्षले उनलाई यो चलचित्रको प्रमुख भूमिकामा अनुबन्धित गरेको हो। तर, चलचित्रमा उनको भूमिका के हो भन्ने बारे खुलाइएको छैन्।
यो चलचित्रमा यसअघि पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती लगायतका कलाकारहरु अनुबन्धित भइसकेका छन्। चलचित्रको छायांकन यहि महिनाको १२ गतेदेखि गर्ने तयारीमा निर्माणपक्ष छ। मातृत्वको संवेदनशील कथामा निर्माण हुने चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहनेछ। कृष्ण सुवेदी, ध्रुब न्यौपाने र प्रकाश कुँवर निर्माता रहेको चलचित्रमा करण सिंह कार्यकारी निर्माता हुन् भने सह(निर्मातामा क्षितिज ढुङ्गाना छन् ।
फागुनको १५ गतेलाई प्रदर्शन घोषणा गरिसकेको यो चलचित्रको अस्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार विक्री केहिदिन अघि मात्र भएको थियो।

प्रतिक्रिया