साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै


काठमाडौँ । साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ।

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।