उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता


उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआन बीच भेटवार्ता काठमाडौँ, ८ भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आइतबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउनुभएको हो । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्।

उपराष्ट्रपति यादवको निजी सचिवालयका अनुसार भेटवार्तामा नेपाल र भियतनामको कूटनीतिक सम्बन्ध र आदानप्रधानका विषयमा छलफल भएको छ। उपराष्ट्रपतिसँगको भेटमा भियतनामको प्रतिनिधिमण्डल सहभागी थियो।

सुआनले यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता सकेकी छन्। आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीनदिने औपचारिक भ्रमणमा नेपाल आएकी सुआन आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।